कोरोना भाइरस सम्बन्धी भ्रम र यर्थाथ (भाग–१२)

सोलुखुम्बु, चैत्र २७

शुसिला तिमिल्सिना
ऐसेलुखर्क गाउँपालिका – ६, खोटाङ

सवाल – कोरोना भाइरस (कोभिड १९) सुनचाँदीबाट पनि सर्छ छ सुनिन्छ, यदि सर्दछ भने कति समयसम्म रहन्छ ?

डा. रविन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ

जवाफ – सुनचाँदी पनि धातु हो । यदि घाम छ भने ४/५ घण्टामा रहन्छ तर घाम नलाग्ने ठाँउमा छ भने ८/९ दिनसम्म पनि रहन सक्दछ ।

त्यसकारणले यो समयमा सुनचाँदी नलगाउदा राम्रो हुन्छ । जस्तै औँठी, सिक्रि, बाला, घडी लागायतका सुनचाँदीका गहना नलगाएको राम्रो ।

यसबाट जोगिनको लागी दिउँसो घाममा २/३ घण्टा सुकायो अथवा आफू घाममा बसियो भने यो भाइरस संक्रमणबाट जोगीन सक्ने सम्भावना हुन्छ ।

सुनचाँदी लगाएर हिड्यो र संक्रमित व्यक्तिको सम्पर्कमा रह्यो वा छोइयो भने मात्र सर्ने हो ।

त्यसकारणले यो समयमा सुनचाँदी लगाए हिड्ने शोक नगर्दा राम्रो हुन्छ । यदि त्यो सुन घरमै राखियो भने त्यसबाट कोरोना भाइरस सर्दैन ।

तपाईसंग पनि कोरोना भाइरस सम्बन्धी कुनै द्धिविधा र जिज्ञासा छन् भने हामीलाई ९७४३०९४८३३ मा हरेक दिन ९ बजे देखी १० बजेसम्म टेलिफोन गरी आफ्ना जिज्ञासा रेकर्ड गराउन सक्नु हुनेछ । तपाईको जिज्ञासा मेटाउन हामी विभिन्न डाक्टरको सहयोग लिनेछौँ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!