कोरोना भाइरस सम्बन्धी भ्रम र यर्थाथ (भाग–११)

सोलुखुम्बु, चैत्र २६

प्रेमप्रसाद भण्डारी
कटारी नगरपालिका —८, उदयपुर

सवाल – कोरोना भाइरस (कोभिड १९) संक्रमित व्यक्तिले प्रयोग गर्ने शौचालयबाट पनि सर्दछ भनेर सुनिन्छ, यदि सर्दछ भने कति समयसम्म उक्त संक्रमण अर्को व्यक्तिमा सर्दछ ?

डा. राजेन्द्र बस्नेत
प्रबन्ध निर्देशक, सोलु हेल्थ केयर सन्टेर


जवाफ – खास गरी कोरोना भाइरस विभिन्न किसिमले मानिसमा सर्ने गर्दछ । त्यो मध्य एक संक्रमित व्यक्तिले प्रयोग गर्ने शौचालयबाट पनि सर्दछ भनेर विश्व स्वास्थ्य संगठने प्रमाणित गरेको छ । त्यसकारणले कोरोना संक्रमण लागेको व्यक्तिले प्रयोग गर्ने शौचालयमा सामान्यतया ४ देखी ८ घण्टासम्म कोरोना संक्रमित भाइरस जिवित रहेका हुन्छन् । यसरी कोरोना भाइरस शौचालयको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । त्यसकारणले गाउँघरका शौचालय सफा गर्नु पर्दछ ।

शौचालय सफा गर्ने विभिन्न औषधी हुन्छन् । जस्तै, फिनोल, कोलीन, जस्ता विभिन्न औषधी प्रयोग गर्न सकिन्छ । एउटा औषधी पसलमा सोडियम हाइड्रो क्लोराइड भन्ने औषधी हुन्छ, त्यसले दैनिक रुपमा शौचालयको दिसा-पिसाब जाने प्यान, धारा र त्यसैगरि शौचालयको ढोकामा पनि संक्रमित व्यक्तिबाट निस्किएको कोरोना भाइरस हुने भएकाले दैनिक सफा गर्नु पर्दछ ।

तपाईसंग पनि कोरोना भाइरस सम्बन्धी कुनै द्धिविधा र जिज्ञासा छन् भने हामीलाई ९७४३०९४८३३ मा हरेक दिन ९ बजे देखी १० बजेसम्म टेलिफोन गरी आफ्ना जिज्ञासा रेकर्ड गराउन सक्नु हुनेछ । तपाईको जिज्ञासा मेटाउन हामी विभिन्न डाक्टरको सहयोग लिनेछौँ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!