कोरोना भाइरस सम्बन्धी भ्रम र यर्थाथ (भाग–१३)

सोलुखुम्बु, वैशाख २

पदम हिङमाङ
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– ७ दोर्पा खोटाङ

सवाल – विश्वमहामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस (कोभिड १९) पशुपंक्षीबाट उत्पती भएको गाउँ घरतिर सुनिन्छ, के यो सत्य हो ? सामान्य रुघाखोकी तथा ज्वरो आएको विरामीले यो भाइरसबाट डराउन आवश्यक छ ?

डा. शैलेस श्रोष्ठ
जिल्ला अस्पताल, खोटाङ दिक्तेल

जवाफ – कोरोना भाइरस चिनको वुहान शहरबाट उत्पती भएको हो ।

विश्व स्वास्थ्य संगठनले हालसम्म यहि जिवजन्तुबाट यो भाइरसको उत्पन्न भएको हो भनेर प्रमाणित गरेको छैन । तर, विभिन्न प्राणिहरु जस्तै चमेरो, विरोलो, मुसा जस्ता जिवहरुबाट उत्पन्नभएको भन्ने आशंका गरिन्छ तर प्रमाणित भने भएको छैन् ।

कोरोना भाइरसको लक्षण पनित्यही रुघाखोकी लाग्नु, ज्वरो आउनु, सास फेर्नलाई गाह्रो हुनु जस्ता लक्षणहरु देखिने हो ।त्यसैले साधारण रुघा खोकी र कोरोना भाइरसका सँगको लक्षण मिल्दो जुल्दो नै हुन्छ ।

तपाईसंग पनि कोरोना भाइरस सम्बन्धी कुनै द्धिविधा र जिज्ञासा छन् भने हामीलाई ९७४३०९४८३३ मा हरेक दिन ९ बजे देखी १० बजेसम्म टेलिफोन गरी आफ्ना जिज्ञासा रेकर्ड गराउन सक्नु हुनेछ । तपाईको जिज्ञासा मेटाउन हामी विभिन्न डाक्टरको सहयोग लिनेछौँ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!