कोरोना भाइरस संक्रमण कसरी पहिचान गर्ने ?

सोलुखुम्बु, चैत्र ११


यो नयाँ प्रजातिको भाइरस हो। यसले सामान्य रुघाखोकीदेखि गम्भीर प्रकारको तीव्र श्वासप्रश्वाससम्म गराउन सक्छ।

कोरोना भाइरस मानिस र पशुमा संक्रमण हुन्छ। जनावरबाट मानिसमा संक्रमित भएको कुनै वैज्ञानिक आधार हालसम्म छैन। मानिसमा कसरी यो भाइरसबाट संक्रमित भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ।

सन् २००३ मा देखिएको सार्स र नोबेल कोरोना एउटै प्रजातिका भाइरस हुन् । दुवै भाइरसले बिरामीलाई गम्भीर बनाउन सक्छन् ।

नोबेल कोरोना भाइरस मानिसबीच सर्न सक्छ भनेर पुष्टि भएको छैन। यस विषयमा अनुसन्धान भइरहेको छ। यो भाइरस संक्रमण कसरी हुन्छ भन्ने बारेमा यकिन छैन।

तथापि रुघाखोकी र श्वासप्रश्वासका बिरामीको नजिक नजाने र हातको सरसफाइ नियमित गरेमा संक्रमणको सम्भावना कम रहन्छ ।


कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ । यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ । जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ ।

त्यसैले यसबाट कतिपय झुक्किन सक्छन् । रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन । त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ । कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ । यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो । रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!