कोरोना भाइरस संक्रमणबाट बच्न घर नै सुरक्षित स्थान हो : मेयर शेर्पा

सोलुखुम्बु, चैत्र १४


सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले कोरोना भाइरस संक्रमणबाट बच्न घर नै सुरक्षित स्थान भएको बताए ।

लक डाउनको चौथो दिन हिमाल एफ एमसंग कुरा गर्दै मेयर शेर्पाले आफ्नै घरमा सुरक्षित रहन आग्रह गरे ।

सोलुखुम्बु प्रवेश गर्ने एक मात्र नाका जन्तरधाप र फाप्लु विमानस्थलमा हेल्थ डेक्स स्थापना गरेको नगरपालिकाले नगर भित्र विभिन्न सामाजिक संस्थाले संचालन गरेको एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।

नगरले सल्लेरी, केरुङ र टाप्टिङ करिब ७५ वेडको क्वारेनटाइन निर्माण समेत गरेको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!