कोरोना भाइरस : मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने र चिन्ता कसरी हटाउने ?

सोलुखुम्बु, चैत्र १३

कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ । यससम्बन्धी समाचारको बाढीले हामीलाई चिन्तित बनाउन सक्छ । यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ । अझ ओसीडी जस्ता मानसिक स्वास्थ्यका समस्या खेपिरहेका धेरैलाई त्यस्ता समाचारले थप विचलित बनाइदिन सक्छ ।


कोरोनाभाइरस सङ्क्रमणको बेला हामीले आफ्नो मानसिक स्वास्थ्यको समस्या कसरी समाधान गर्न सक्छौँ ?


कोरोनाभाइरस सङ्क्रमण फैलिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनले मानसिक स्वास्थ्यको हेरविचार गर्न सल्लाह दिएपछि त्यो कदमलाई धेरैले स्वागत गरेका छन् ।

ब्रिटिश परोपकारी संस्था एङ्जाईटी यूकेका निकी लिड्बेटरका विचारमा अनियन्त्रित हुने र अनिश्चितता खेप्न नसकिने हो कि भन्ने अवस्थाको भयले मानिसको चिन्तासम्बन्धी मानसिक समस्यालाई अझै गम्भीर बनाइदिन सक्छ । त्यसैले अहिले चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन् ।

यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा कसरी गर्ने ?

१. समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार र्पुयाउनुहोस्
आफूले पढिरहेको वा हेरिरहेको सामग्रीले तपाईँलाई राम्रो अनुभव भइरहेको छ कि छैन विचार गर्नुहोस्। समाचार हेर्ने र पढ्ने कुनै वैज्ञानिक समय रोज्नुहोस् ।


विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुहोस्। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने गर्नुहोस् ।


२. समाजिक सञ्जालबाट टाढै बस्नुहोस् र चिन्ता बढाउने सामग्री बन्द गरिदिनुहोस् ।


ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिनुहोस् । तिनलाई म्यूट वा अन्फलो गरिदिनुहोस्
भाइबर र ह्वाट्स्यापमा अरू पठाउने चिन्ताजनक लाग्न सक्ने सामग्रीलाई शान्त वा म्यूट गरिदिनुहोस् । तिनलाई बन्द गरिदिनुहोस् ।
सामाजिक सञ्जालबाट टाढै बसेर मानसिक शान्ति पाएका धेरै मानिस हाम्रो समाजमा छन् । यो बेला उनीहरुको अनुसरण गर्नुहोस ।

. हात धुने गर्नुहोस्, तर अति नगर्नुहोस्

ओसीडीजस्ता मानसिक समस्या भएका मानिस अहिले कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण त्रसित भएको पाइएको छ ।
बारम्बार हात धोइराख्न सल्लाह दिइयो भने उनीहरूलाई झर्को लाग्न सक्छ ।
उनीहरूलाई एक्लै राख्नु पनि उचित हुँदैन । त्यसैले मानसिक समस्या भएका मानिसको अवस्था विचार गरेर सावधान हुन सिकाउनुहोस् ।

४. अरू मानिससँग सम्पर्क गरिराख्नुहोस्

आउने दिनमा धेरै मानिसहरू एक्लै बस्ने अवस्थामा पुग्न सक्छन् । त्यसैले आफूलाई मन पर्ने र माया गर्ने मानिसको टेलिफोन नम्बर र अन्य सम्पर्कको सूची बनाउनुहोस् । एकान्तवास गर्नुपर्ने अवस्थामा पनि कुनै दैनिकी बनाएर त्यसै अनुसार चल्ने गर्नुहोस्। प्रत्येक दिनमा विविधता होस् भन्ने प्रयत्न गर्नुहोस् ।
हामी अनुहार नछोईकन किन बस्न सक्दैनौँ । कोरोनाभाइरसबारे यी दाबी जुन तपाईँले बेवास्ता गर्नुपर्छ । दुई हप्तासम्म एक्लै बस्नुपर्ने अवस्था आएमा त्यसलाई उत्पादनशील बनाउन सकिन्छ। त्यसबारे सोच्नुहोस् ।
दुई हप्ताको अवधिमा तपाईँले धेरै सिर्जनशील काम गर्न सक्नुहुन्छ । तपाईँले आफूले गर्नुपर्ने कामको सूची बनाउन सक्नुहुन्छ । वा आफूले लामो समयअघिदेखि पढ्छु भनेको पुस्तक पढेर सिध्याउन सक्नुहुन्छ ।


५. तर आफूलाई धपेडी हुने काम नगर्नुहोस्


कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिने क्रम जारी रहँदा आफूलाई अतिव्यस्त राख्ने वा थकाउने समय कम गर्नु आवश्यक हुन्छ । शान्त रहनुहोस् । माईन्ड नामक मानसिक स्वास्थ्यसंस्थाले यस्तो बेला मानिसहरूलाई प्रकृतिमा रमाउने, धेरै समय घाममा बस्ने, व्यायाम गर्ने, राम्रो आहारविहार गर्ने र पर्याप्त पानी पिइरहुने सुझाव दिएको छ ।

एङ्जाईटी यूकेले चिन्ता हटाउन यस्ता सुझाव दिएको छन्

मस्तिष्कमा अनिश्चितिता आउनेबित्तिकै त्यसलाई वास्तविकता ठानेर स्वीकार्नुहोस्,

विश्रामस् तपाईँले सधै गर्ने जस्तो व्यवहार नगर्नुहोस्। कुनै प्रतिक्रिया नजनाउनुहोस् । विश्राम लिनुहोस् र आरामले सास फेर्नुहोस्,
नबहकिनुहोस्स् सोचाइहरू वास्तविकता होइनन्, त्यसैले नबहकिनुहोस्,
परित्यागस् सोचाइ र अनुभूति जसरी आउँछन् त्यसरी नै जान्छन्। तपाईँले केही गर्नै पर्दैँन। ती आफैँ आकाशमा बादल वा पानीका फोकाजस्तै हराउँछन् ।

वर्तमानः
अहिलेको क्षणमा रमाउनुहोस् । यो क्षणमा सबै राम्रै भइरहेको छ । आफ्नो श्वासप्रश्वासमा ध्यान दिनुहोस् । आफ्नो धरातलतिर ध्यान दिनुहोस् । वरिपरिको वास्तविकता हेर्नुहोस् सुन्नुहोस्, सुँघ्नुहोस् र तिनलाई बुझ्नुहोस्, यो क्षणमा ।

त्यसपछि आफ्नो ध्यान अर्काेतिर मोड्नुहोस् र आफूले के गर्नु पर्छ र के गर्दै हुनुहुन्थ्यो भनेर विचार गर्नुहोस् । वर्तमानलाई आत्मसात गरेर चिन्ता हटाउनुहोस् । ध्यानपूर्वक अरू केही गर्नुपर्छ कि भनेर विचार गर्नुहोस् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!