कोरोना भाइरसका कारण संख्या ५ हजार भन्दा बढीको मृत्यु

सोलुखुम्बु, चैत्र १,


चीनको वुहान शहरबाट सुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण इटालीमा थप २ सय ५० जनाको मृत्यु भएको छ ।

यो सँगै इटालीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनको संख्या १२ सय ६६ पुगेको छ । इटाली चीनपछि कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देश हो। यहाँ हालसम्म १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको छ ।

इटालीमा २ हजार ५ सय ४७ जना नयाँ संक्रमित भेटिएका छन् । इटालीपछि सबैभन्दा धेरै इरानमा ८५ जना, स्पेनमा ४७, फ्रान्समा १८, अमेरिकामा ७ र दक्षिण कोरियामा पाँचजनाले पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाएका छन् । कोरानाका कारण चीनमा अहिलेसम्म सबैभन्दा धेरै तीन हजार एक सय ७७ जनाको मृत्यु भएको छ । तर चीनमा नयाँ संक्रमित हुनेहरुको संख्या ह्वात्तै घटेको छ । शुक्रबार चीनमा कोरोनाका कारण एकजनाको पनि मृत्यु भएको छैन भने १० जनामा नयाँ संक्रमण फेला परेको छ ।

हालसम्म विश्वभर कोरोनाको संक्रमणबाट ५ हजार ४ सय १८ जनाले ज्यान गुमाएका छन् । जसमध्ये हिजो मात्रै ४ सय ३६ जनाको मृत्यु भएको छ । हालसम्म विश्वभर १ लाख ४५ हजार ४ सय ४४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ भने ती मध्ये १० हजार ८ सय ६७ नयाँ संक्रमित हुन् । झण्डै ७१ हजार व्यक्ति निको भएर घर फर्केका छन् । स्रोतः NRN

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!