‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’ स्थापना अभियान समापन

सोलुखुम्बु, असार २३


नेपाली कांग्रेस सोलुखुम्बुले थालेको ‘कोरोना पिडित तथा वेरोजगार राहत कोष’ स्थापना अभियान सकिएको छ । कोरोना कहरपछिको संभावित समस्या समाधानका लागि कोष स्थापनाको अभियान लिएर विउँ पुँजी वितरणको अभियान सामबार समापन गरिएको हो ।


असार २ गते जिल्लाको नेचासल्यान गाउँपालिकाबाट शुरु गरिएको अभियानको ७ वटै गाउँपालिका र एक नगरपालिकामा पुगेर कांग्रेसले विउ पुँजीवापतको ५० हजार रकम हरेक स्थानीय तहलाई हस्तान्तरण गरेको छ । तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजना संचालनको सुझाव सहित कोष स्थापनाको अभियान बोकेर हरेक स्थानीय तह पुगेका कांग्रेसका नेताहरुलाई सरकार प्रमुखहरुले सकारात्मक रुपमा लिएको सल्लेरीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।


नेपाल प्रेस यूनियन सोलुखुम्बुको आयोजनामा भएको सम्मेलनमा कांग्रेस नेता तथा पुर्व पार्टी सभापति आङगेलु शेर्पाले कांग्रेसले संचालन गरेको अभियानले सहकार्यको राजनिति र विपदमा मिलेर अघि बढ्नुको विकल्प नभएको सन्देश प्रवाह गरेको बताए । ८ वटै स्थानीय तहले कोष स्थापना र परिचालनको बचन दिएकाले कोष निर्माण र परिचालनका सवालमा सञ्चारमाध्यम र पत्रकारले निरन्तर खोजिनिती गर्नुपर्ने बताए ।


नेपाल प्रेस यूनियन सोलुखुम्बुका अध्यक्ष सन्तोष कुमार राउतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पा, कांग्रेसका नेता तथा प्रवक्ता गणेश बस्नेत, महाधिबेशन प्रतिनिधि सरला नाछिरिङ, कांग्रेस सोलुदुधकुण्डका सभापति तथा वडा नं ४ वडाअध्यक्ष दावा गेलु पाख्रिन ‘राजु’, अभियानका संयोजक तथा नगर कार्यपालिका सदस्य सोनाम ग्याल्जेन शेर्पा लगायतका जनप्रतिनिधि तथा कांग्रेसका नेताहरुको उपस्थिती रहेको थियो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!