कोरोना कहर : लुक्लामा निर्माणाधिन हेलीप्याडको काम प्रभावित, तोकिएको समयमा निर्माण सम्पन्न नहुने


दिपेन्द्र पराजुली,
सोलुखुम्बु, जेठ २१


पर्यटकीय क्षेत्र लुक्लामा निर्माणाधिन हेलिप्याडको काम लकडाउनका कारण प्रभावित बनेको छ ।

सरकारले कोरोना भाईरस संक्रमण फैलिन नदिनका लागि चैत्र ११ देखि लकडाउन गरेपछि हेलिप्याड निर्माणको काम प्रभावित बनेको हो ।

सरकारले ठुला खालका आयोजना सञ्चालन गर्नका लागि निर्देशन दिएपनि दक्ष जनशक्ति नहुदाँ स्थानीय कामदार लगाएर केही दिनदेखि काम सूचारु गरेको छ । उद्यपी, निर्माणको काम सुस्त गतिमा अगाडि बढेको छ ।

निर्माण सामाग्रीको सहज आपुर्ति नहुँदा र लकडाउनका कारण दक्ष जनशक्ति घर फर्किएकाले काम प्रभावित बन्न पुगेको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि जुद्धबहदाुर कार्कीले बताए ।

प्रतिनिधि कार्की अनुसार करिब १० रोपनी क्षेत्रमा निर्माणाधिन हेलिप्याडको काम ५० प्रतिशत सम्पन्न भएको छ ।

नेपाल नागरिक उडड्यन प्राधिकरणको २८ करोडको लागतमा निर्माणाधिन हेलिप्याडको मेसिनरी वाल र बेस तयारी लगायतका काम सकिएको छ ।

साथै,भवन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ, भने ब्रिज निर्माणको काम भैरहेको छ ।

गत वर्षको जेठ महिनादेखि थालिएको निर्माणको म्याद आगामी असार महिनामा सकिदैछ ।

यो समयावधिमा जनशक्तिकै कारण तोकिएको समयमा नबन्ने निश्चित बनेको निर्माण कम्पनीले जनाएको छ ।

अहिले कार्गो मार्फत निर्माण सामाग्री ढुवानीको काम भइरहेको लुक्ला विमानस्थलका प्रमुख ईमनाथ अधिकारीले जानकारी दिनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!