कोरोना कहर : ओखलढुंगाको मूलखर्कमा गुन्द्री मेला नलाग्ने

नवराज कार्की,
ओखलढुंगा, वैशाख २५

ओखलढुंगा जिल्लाको सुनकोशी गाउँपालिका वडा नं ५ मूलखर्कमा वर्षौदेखि बुद्ध जयन्तीमा लाग्दै आएको गुन्द्री मेला यसवर्ष नलाग्ने भएको छ ।

कोरोनाको त्रासका कारण मेला नलाग्ने भएको हो । बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमामा स्थानीय ऋसाङ्ग्खु छ्योइलिङ गुम्बामा बिशेष पुजा पाठ गरेर मेला लगाइँदै आएको थियो ।

अहिले मेला नलगाउने निर्णय गरिएको सुनकोशी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष गोविन्द तामाङले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!