कोरोनाले इटलीमा दैनिक पाँच सय मानिसको मृत्यु

सोलुखसम्बु, चैत्र ६


इटलीमा कोरोना भाइरस (कोभिड–१९) का कारण एकै दिनमा झन्डै ५०० जनाको मृत्यु भएको भएको छ । त्यो संख्या चीनमा गत डिसेम्बरमा कोरोना भाइरसको महामारी सुरु भएपछि देश व्यापी हिसाबले एकै दिनमा मृत्यु हुने बिरामीको संख्याभन्दा पनि बढी रहेको वीवीसीले जनाएको छ ।

कोरोना भाइरसको त्रासबीच युरोप र अन्यत्र पनि उच्च सतर्कता अपनाइएको छ । विभिन्न देशमा स्वास्थ्य सङ्कटकाल लगाइएका छन । इटलीमा एकैदिन थप ४ सय ७५ जनाको ज्यान गएपछि कोभिड१९ रोगका कारण मृत्यु हुनेको संख्या करिब ३ हजार पुगेको छ । स्रोतः BBC

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!