कोरोनाभाइरस वुहान ल्याबबाट फैलिएको भन्नु कल्पना मात्र : डब्लूएचओ

सोलुखुम्बु, वैशाख २३

डब्लूएचओका इमर्जेन्सी डाइरेक्टर माइकल रैयानले कोरोनाभाइस चीनको वुहान ल्याबबाट फैलिएको भन्ने भनाइमा सत्यता नभएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पियोले कोरोनाभाइरस वुहानको ल्याबमा बनेको दाबी गर्दै आएका छन् ।

रैयानले चीनको वुहान ल्याबबाट भाइरस फैलिएको भनाइसँग सम्बन्धित कुनै तथ्य र प्रमाण छैन । यो केवल एक कल्पना भएको पनि उनले बताएका छन् ।

डब्लूएचओले यसअघि पनि कोरोनाभाइरस संक्रमण रोक्न चीनले चालेको कदमप्रति सह्राहना गरेको थियो । ट्रम्प प्रशासनले हालै चीनले भाइरस फैलाएको भन्दै हमला गर्दै आएको छ ।

कोरोनाभाइरस वुहान ल्याबबाट फैलिएको भन्नु कल्पना मात्र: डब्लूएचओ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अलावा विदेशमन्त्री माइक पोम्पियोले पनि यो भाइरस वुहानको ल्याबमा बनेर फैलिएको बताएका थिए । उनले आफूसँग यसको प्रमाण भएको बताएका थिए ।

विश्वमा कोरोनाभाइरसबाट अमेरिका सबभन्दा बढी प्रभावित छ । अमेरिकामा १२ लाख भन्दा बढी संक्रमित र ६९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनले वाइल्डलाइफ मार्केटबाट कोभिड–१९ फैलिएको कुरा बाहिर ल्याएको थियो । पछि अमेरिकी सेनाले यो भाइरस चीनमा ल्याएको बताएको थियो । चीनको दाबीलाई अमेरिकाले नकार्दै आएको छ । उता केही दिन पहिले ट्रम्पले विश्वसामु कोरोनाभाइरसको सत्यता ल्याउने बताएका थिए ।

विश्व स्वास्थ्य संगठनले चीनको पक्ष लिएको भन्दै अमेरिका सो संस्थाप्रति रुष्ट हुँदै आएको छ । डब्लूएचओलाई दिदै आएको सहायता राशि पनि अस्थायी रुपमा अमेरिकाले रोकिदिएको छ । अमेरिकाको असन्तुष्टिका बीच डब्लूएचओको पछिल्लो भनाइ सार्वजनिक भएको हो ।

यसै हप्ता अमेरिकी इन्टेलिजेन्स कम्युनिटीले कोरोनाभाइरस मानव निर्मित नभएको बताएको थियो । कम्युनिटीले भनेको थियो– “प्राप्त प्रमाण र वैज्ञानिक सहमतिबाट हामी यस निष्कर्षमा पुगेका छौं कि कुनै ल्याबमा जेनेटिक मोडिफिकेशनबाट पनि यो बनाइएको होइन । यसलाई न कुनै मानिसले बनाएको हो न डिजाइन गरेको हो । तर पनि हामी सबै कोणबाट जाँच गरिरहेका छौं ।” –एजेन्सी

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!