कोरोनाबाट भूपू गोरखा सैनिकको मृत्यु

सोलुखुम्बु, वैशाख २८

कोरोनाको सङ्क्रमणबाट बेलायतमा थप एक भूपू गोरखा सैनिकको मृत्यु भएको छ । श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा शनिबार निधन भएको लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता शरदराज आरणले जानकारी दिए।

ताप्लेजुङ मैवाखोला स्थायी घर भएका राई विगत तीन वर्षदेखि बेलायतको मेडिस्टोनमा श्रीमती, एक छोरा र एक छोरीसहित बस्दै आएका थिए।  हालसम्म बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४५ पुगेको छ ।

कोरोनाबाट भूपू गोरखा सैनिकको मृत्यु, पूर्व बेलायती राजदूत बेपत्ता

नेपालका लागि पूर्वबेलायती राजदूत बेपत्ता 

नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिस बुधबारदेखि बेपत्ता भएका छन् । लण्डन प्रहरीले मोरिस हराएकाले खोजीका लागि अपिल गरेको छ । बुधबार बिहान करिब १०ः३० मा दौडिनका लागि बेन्टलीमा निस्किएका मोरिस नफर्केपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ।

हेम्पसायर प्रहरी कार्यालयका प्रवक्ताले प्रहरीले खोजीकार्य गरिरहेको भए पनि सार्वजनिक रूपमा खोजीका लागि सबैमा अनुरोध गर्नुपर्ने भएका कारणले सूचना जारी गरिएको बताए । ५२ वर्षीय रिचार्डले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए। स्रोत :अन्नपूर्ण

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!