कोरोनाको प्रभाव — खुम्बुका व्यापारी चिन्तित

सोलुखुम्बु, चैत्र ३

कोरोना भाइरसको त्रास कारण भिजिट नेपाल स्थगित भएपछि खुम्बु क्षेत्रका व्यापारीहरु चिन्तित बनेका छन् । चिनको वुहान प्रान्तबाट विश्व व्यापी रुपमा फैलिरहेको कोभिड–१९ भाइरसको असर खुम्बुको पर्यटन र अर्थतन्त्रमा पनि परेको हो । जसकारण खुम्बु क्षेत्रमा होटल व्यवसाय गर्नेहरु चिन्तित बनेका हुन् ।

गत वर्षको तुलानामा आरोहण सिजनमा ७० प्रतिशत व्यापार कमी आएकोे व्यवसायीकहरुको भनाई छ । पर्यटकिय सिजनमा पर्यटकको आवागमनमा कमी आए पछि व्यापारमा पनि कमी आएको झापा घर भई नाम्चेमा व्यापार गर्दै आउनुभएका सन्तोष राईको भनाई छ । व्यापारमा कमी आए पछि आर्थिक रुपमा कमजोर हुने महाकुलुङ गाउँपालिका घर भई नाम्चेमा होटल व्यवसाय गर्दे आउनुभएका जितबहादुर राईले बताउनुभयो ।

अबको एक दुई महिना पर्यटकको आवगमन ठप्प भयो भने श्रमिकलाई ज्याला दिन गाह्रो पर्ने होल व्यवसायिक संघका सदस्य लामाकाजि शेर्पाले बताउनुभयो । पर्यटनले धानेको खुम्बको जनजीवन पर्यटकको आवगमन नै ठप्प हुने अवस्थामा पुगेपछि अर्थतन्त्रमा गिरवट आउने सगरमाथा प्रदुषण नियन्त्रण समितिका कार्यक्रम संयोजक कपिन्द्र राईको भनाइ छ । तर वडा नम्बर ५ का वडाध्यक्ष छिरिङ पेन्जो शेर्पाले खुम्बुमा कोरोना भाइरस भित्रिन नदिनका लागि सबै हवाई उडान रद्द गरिनुपर्ने बताउनुभयो ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!