कोरीयाबाट दुइ हजार किट नेपाल आउछ : संचारकर्मी कुलुङ

सोलुखुम्बु, चैत्र १६

दक्षिण कोरीयामा रहेका नेपालीहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपालमा स्वास्थ्य परीक्षण सामाग्री पठाउने तयारी गरेका छन् । यही विषयमा दक्षिण कोरियामा कार्यरत नेपाली अगुवा तथा संचारकर्मी जोकराज कुलुङसगं हिमाल एफ.एमका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले गर्नु भएको कुराकानीको सम्पादित अंश :

नेपालमा स्वास्थ्य सामाग्री पठाउने तयारी कहाँ पुग्यो ?

दक्षिण कोरीयाको लागि नेपाली दुतावासका अनुसार दक्षिण कोरीयामा नेपालीहरु ४० हजार भन्दा धेरै भनेर भर्खरै मात्र तथ्यांक सर्वाजानिक गरेको छ । त्यो अनुसार दक्षिण कोरीयाको एनआरएनले प्रत्येक नेपालीलाई एक नेपाली एक हेल्थ किट भनेर अभियान चलाएको छ ।

त्यो अन्तरगत एक जना नेपालीले एउट किट किन्न पुग्ने रकम सहयोग संकलन गर्ने भनेर निर्णय भएको छ । तिन दिन भित्रमा एक करोड १९ लाख रकम संकलन भइसकेको छ । यो रकमले कोरीयामा उत्पादन भएको कीट नेपालमा पठाउने भन्ने निर्णय भएको छ ।


अब, नेपालमा ति परिक्षणको सामाग्री आईपुग्न कति समय लाग्ला ?


यो सामाग्री भनेको समयमा पठाउन नसकेको प्रेस विज्ञप्ती जारी गरेर जानकारी गराइएको थियो । किनभने, किट नेपाल पठाउनको लागि २४ घण्टा भित्र पु¥याइ सक्नुपर्ने र त्यो चाहिँ विमानको समस्याले गर्दा खेरी पठाउन सकिएको रहेनछ ।

यसलाई कोरीयाबाट चिन पठाउनु पर्ने र चिनबाट नेपाल पठाउनको लागि नेपाल वायुसेवा निगम चिन आएपछि मात्र जाने भएकाले यो बीचको सयम नमिलेको अवस्था छ । तर पनि एनआरएनका साथीहरुले किट पठाउनको लागि पहल गरिरहनुभएको छ ।

दक्षिण कोरीयाका नेपालीहरुको अहिले कति सुरक्षित छन् ?


अहिले कोरीयाका नेपालीहरुमा नेपालको जस्तो भयानक त्रास छैन् । किनभने, चिन पछि कोरीयाले दिनप्रतिदिन कन्ट्रोललार्ई बढाइरहेको हुनाले नेपालमा भन्दा यहाँ स्थिति सामान्य रहेको छ तर पनि सामान्य छ भन्दैमा कोरोया सरकारले यहाँ कुनै पनि नगरिकलाई बाहिर निस्कन दिएको छैन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!