कोभिड १९ रोकथाममा खटिने स्वास्थ्यकर्मीको २५ लाखको बीमा

सोलुखुम्बु, चैत्र १६

सरकारले कोरोना भाइरस संक्रमण तथा रोकथामका खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको २५ लाख रुपैयाँको बीमा गरिदिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड १९ संक्रमण तथा रोकथाममा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई असार मशान्तसम्मका लागि २५ लाखको बीमा गरिदिने निर्णय गरेको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

डाक्टर, नर्स, एम्बुलेन्स चालक, र सुरक्षाकर्मीको विमा हुने उनले बताए । उनीहरुलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) निशुल्क उपलब्ध गराउने निर्णय पनि गरेको छ ।


त्यस्तै निजी क्षेत्रको स्वास्थ्य संस्थालाई आफ्नो सेवा नियमित गर्न आग्रह गर्दै सरकारले चैत महिनाको सेवा शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । स्रोतः अनलाइन खबर

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!