के मूलढोकाको जमिन खन्दा भेटिएको कोइलाको टिका लगाए कोरोना सर्दैन ? यर्थाथ के हो, जान्नुहोस्

सोलुखुम्बु, चैत्र २६

अहिले गाउँगाउँमा आफ्नो घरको मूलढोका नजिकको जमिन खन्दा कोइला भेटिन्छ । त्यस कोइलाको टिका लगाएर कोरोना भाइरस संक्रमण हुदैन् भन्ने भ्रमले गर्दा मानिसहरु जमिन खन्न व्यस्त देखिन्छन् ।

यो भ्रम सोलुखुम्बुको महाकुलुङ, थुलुङ दुधकोशी, लिखुपिके गाउँपालिका लगायतका क्षेत्रमा व्याप्त छ भन्ने सूचना जनप्रतिनिधिहरुबाटै पाएका छौ । के हो त यर्थाथ ? सोलु हेल्थ केयर सेन्टरका डा. राजेन्द्र बस्नेत भन्छन्, “ कोइला भेटिन्छ भन्ने कुरा केहि हदसम्म सत्य हो । कुन अर्थमा भने मानव बस्ति बस्नु अगाडी जंगल थियो । त्यो जंगल विस्तारै मासिदै आएपछि विस्तारै मानव बस्ति बस्न थाल्यो । बस्ति बस्ने क्रममा त्यो लडेका रुखहरु घरवरिपरी पुरियो ।

बर्षौदेखी ढलेको रुख माटोको चाप र तापले गर्दा कोइलामा परिणत हुन्छ । तर कोइला र कोरोनाको कुनै सम्बन्ध छैन् । कोइलाको रुपमा टिको लगाउदा कोरोना संक्रमण हुदैन् भन्नु नितान्त भ्रम हो ।

यसमा कुनै सत्यता छैन् । यस्ता सत्यता नभएको कुराको हल्ला गर्ने र हल्लाको पछि लागेर समय खेर फाल्नु बेकार छ” ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!