के छ क्वारेन्टीन र आइसोलेशन बिच फरक ?

सोलुखुम्बु, चैत्र २७

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न र पुर्वतयारीको रुपमा हरेक स्थानीय तहमा क्वारेन्टाइन स्थापना गरिएको छ भने कतिपय स्थानीय तहले आइसोलेशन वार्ड समेत स्थापना गरेका छन् ।

ती मध्ये कतिपय स्थानमा स्थापना गरिएको आइसोलेशन वार्ड मापदण्ड विपरित पाइएपछि जिल्लास्तरिय अनुगमन टोलीले सुधारका लागि सुझाव समेत दिएको छ ।

क्वारेन्टाइन र आइसोलेशन वार्डमा के फरक छ ? अनुगमनमा सहभागी स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख कर्मचन्द राजबंशी भन्नुहुन्छ-

“क्वारेन्टीन भनेको कोरोना भाइरस संक्रमन देशबाट आएका व्यक्तिहरु, रोग पहिचान नभएका तर शंकास्पद व्यक्तिहरुलाई राख्ने ठाउँलाई क्वारेन्टीन भनिने गरिन्छ ।

क्वारेन्टीनमा शकास्पद व्यक्तिहरुलाई राखेर निगरानी गरिन्छ । क्यारेन्टीन घर, होटल, कार्यालय स्वास्थ्य संस्थाको कुनै एक कोठा पनि हुनसक्छ ।

क्वारेन्टीनमा बसेको व्यक्ति अर्को व्यक्तिसंग सम्पर्कमा आउनुहुंदैन । आफुले प्रयोग गर्ने सामानहरु भिन्नै हुनुपर्दछ ।

आफु सुत्ने र घुम्ने स्थान पनि कुनै निश्चित तोकिएको स्थानमा हुनुपर्दछ । क्वारेन्टीन फराकिलो कोठा छ भने दुरी कायम गरि एक भन्दा बढि वेड र व्यक्ति राख्न पनि सकिन्छ” । तर,

आइसोलेशन भनेको भाइरस संक्रमित व्यक्ति अथवा रोगको लक्षण देखा परिसकेको व्यक्तिलाई छुट्टै कोठामा राखेर उपचार गरिने वार्ड आइसोलेशन भनिन्छ ? भाइरस संक्रमित व्यक्तिले अन्य व्यक्तिलाई सो भाइरस नसरोस भनेर सावधानीपूर्वक बेग्लै राखिन्छ ।

त्यस्तो व्यक्तिले प्रयोग गर्ने वेडमा अक्सिजन, आइसियु तथा आवस्यक परेको समयमा भेण्टिलेटरको समेत व्यवस्थापन भएको हुनुपर्दछ । त्यसमा स्वास्थ्यकर्मीहरुले समेत विशेष सावधानी अपनाउनु जरुरी हुन्छ ।

स्वास्थ्यकर्मीहरुलाई समेत संक्रमण फैलन नदिनका लागि गुणस्तरिय सेनीटाइजर, ग्लोव, मास्क, चस्मा तथा पिपिइको व्यवस्थापन हुनु अत्यन्तै आवश्यक छ” ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!