केन्यामा साततले भवन भत्किदा १५ जना बेपत्ता

हिमाल एफ एम, जेठ ३० ।

केन्यामा एक साततले भवन भत्कँदा १५ जना हराइरहेका छन् ।

केन्याको राजधानी नइरोबीमा रहेको साततले भवन जीर्ण भएका कारण भत्किएको हुनसक्ने आशंका गरिएको छ । भवन भत्कनेबित्तिकै थुप्रैले भागेर ज्यान जोगाएका थिए ।

भवन पूरै भत्किएकाले १५ जना भग्नावशेषमा च्यापिएको बताइएको छ । उद्धारकार्य जारी रहेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

केन्याको नइरोबीमा गत अप्रिलमा पनि एक भवन भत्कँदा ४९ जनाको मृत्यु भएको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु