केदार माविको विव्यस अध्यक्षमा राईको प्यानलै विजयी

सोलुखुम्बु – नेचासल्यान गाँउपालिका ४ स्थित केदार माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा रामकाजी राई निर्वाचित भएका छन् ।

समितिका पदाधिकारी छनौटका लागि विहिबार भएको निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी मिनकुमार राईलाई ८७ मतले पछी पार्दै जिल्ला समन्वय समितिका सदस्य समेत रहेका राई व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनीसंगै राईको प्यानलै विजयी भएको छ ।

मिनकुमार राईले ७६ मत ल्याउदा रामकाजी राईले १६३ मत प्राप्त गरे । जयन्ता अधिकारीलाई ८१ मतले पछि पार्दै लिलि राई महिला सदस्यमा निर्वाचित भएक छिन् । समान १६१ मत सहित दलित सदस्यमा रोहित नेपाली र खुल्ला सदस्यमा तेज प्रसाद कटेल निर्वाचित भएका छन् ।

२६७ जना अभिभावक मतदानमा सहभागी भएका थिए भने ९ मत बदर भएको सहकर्मी धनकुमार ढुंगेलले जानकारी दिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु