कृष्ण कटेलको ‘अक्षर’ सार्वजनिक (भिडियो सहित)

सोलुखुम्बु । गायक तथा संगीतकार कृष्ण कट्टेलको पहिलो गीति एल्बम ‘अक्षर’ सार्वजनिक गरिएको छ ।

सोलुखुम्बुको नेचामा जन्मेका कट्टेलको एल्बमको आज राजधानीका एक कार्यक्रमको आयोजना गरि सञ्चारकर्मी भरत शाक्य र उद्योग बाणिज्य महासंघका नव निर्वाचित केन्द्रिय सदस्य प्रकाश सिं कार्कीको हातवाट विमोचन गरिएको हो ।

अक्षर एल्बम भित्र ४ गीत समाबेश गरिएको छ । ज्यानसाईली (सेलो–पप), धरानैको बजारमा (पुर्वेली लोक गीत) झल्को आउछ र तारालाई जुन साथी (आधुनिक गीत) समाबेश गरिएको गीतमा गायक कट्टेलको एकल रचना, संगीत र स्वर रहेको छ ।

प्रतिक्रिया दिदै गायक तथा संगीतकार कट्टेलले संगीतलाई निरन्तर अघि बढाउने बताए ।

सार्वजनिक भएका तिन गीत मध्ये ज्यान साँईलीको भिडियो पनि सार्वजनिक गरिएको छ । भरत शाक्यको निर्देशनमा तयार भएको भिडियोमा नृत्य निर्देशन गोविन्द्र राईले गरेका छन् । पवित्रा, शर्षिका लगायतले मोडलिङ गरेका छन् ।

राजनितिमा समेत स्थान बनाएका कटेल नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य समेत भईसकेका छन् भने नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सदस्य पनि भएका थिए । उनले ललित कला क्याम्पसमा संगीत विषय लिएर अध्ययनलाई अघि बढाएका थिए ।

प्रस्तुती-शिखर गजरकोटे

Comments

comments

सम्बन्धित शीर्षकहरु