कृषि कार्यालयले एक करोड ४९ लाखको कृषि औजार वितरण गर्ने

शिखर गजरकोटे, सोलुखुम्बु
२४ बैशाख,

जिल्ला कृषि विकास कार्यालय सोलुखुम्बुले भुकम्पपिडितलाई एक करोड उनन्नपचास लाख बराबरको कृषि औजार वितरण गर्ने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण कोष अन्तरगत कार्यालयले औजार वितरणको लागि प्रक्रिया शुरु गरेको हो । कृषि विकास समितिले आवेदनको आधारमा औजार पाउने पिडित व्यक्तिको नामावलीलाई अन्तिम रुप दिईसकेको कृषि प्रसार अधिकृत मिन बहादुर पुनले जानकारी दिनुभयो । केहि दिनमै वितरण गर्ने औजार खरिद प्रक्रिया पनि शुरु गरिने अधिकृत पुनको भनाई छ ।

कार्यालयले गहूँ थ्रेसर २१, मिनि टिलर ३३, मकै छोडाउने मेसिन ४५, थोपा सिंचाई प्रविधि ३५, प्लाष्ट्रिक पोखरी ३ वटा वितरण गर्ने जनाएको छ । त्यस्तै, जेरो ईनर्जी पम्प ३ र विऊ भण्डारण बोरा (हर्मेटिक ब्याग) ९ हजार पनि वितरण गर्नेछ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु