कुलुङ जातीहरुको चाकचाकुर पर्बको आज देखी सुरु

बिक्रम श्रेष्ठ । पौष १५–कुलुङ जातीहरुमा सबै भन्दा महत्वपुर्ण पर्ब चाक्चाकुर सुरु भएको छ । बिधिपुर्बक पुष १५ बाट सुरु हुने यो पर्ब ३ दिन सम्म मनाइन्छ भने, यस्को धार्मिक तथा साँकृतिक महत्व पनि नेपली समाजमा बिशिष्ट मानिन्छ । चाक्चाकुरमा सबै गाउ भरीका मानिस भेला भएर नाचगान , मोरञ्जनात्मक कार्यक्रम, विभिन्न किसिमका खेल खेलेर रमाइलो गर्दै सस्कार सस्कृतिको जगेणा गर्ने गर्दछन । पुष १५ गतेलाई नया बर्ष, पुष १६ लाई नया अन्न खाने र पुष १७ लाई कुलुङ सघंको स्थापनाका रुपमा मिनारी दाचाम्म्री चाकचाकुर  मनाउदै आईरहेका छन् ।  अन्य राई जातिले यो पर्व नमनाए पनि कुलुङ राईहरुले २ सय ४० बर्ष भन्दा पहिले देखी यो पर्ब मनाउदै आएका छन् । दाचाम्रीको कुलुङ भाषामा मिनाको अर्थ मान्छे र मिनारीको अर्थ मान्छेको पाखुरीले हुन्छ । दाचाम्को अर्थ भण्डार वा ढुकुटी हो भने निङदोङले नया बर्ष र चाक्चाकुरले चासुम् अर्थात अन्नको सह तथा पुस महिनालाई जनाउछ । मानव पाखुरीको बलबाट फलेर भण्डारण्ँ गरिएको अन्नको नयावर्Èमा सह होस् र नया“ सालमा अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई नया यामको प्रारम्भमा पुज्नु नै मिनारी दाचाम निङदोङ चाक्चाकुर हो । यही चाक्चाकुर पर्ब मनाउन अन्य राई सम्प्रदायहरुलाई पनि झकझक्याउने काम भईरहेको कुलुङ भाषा सस्कृती उत्थान संघका महासचिब ईन्द्र राईले बताउनुभयो ।
औपचारिक रुपमा देशभर चाक्चाकुर मनाउन नेपाल किरात कुलुङ भाषामा सस्कृति उत्थान संघ, केन्द्रीय कार्यसमितिको पहलमा २०६२ बाट थालिएको हो । कुलुङहरुको भाषा सस्कृति उत्थानका लागी आफुहरुको प्रयत्न जारीहरुको उहाँको भनाई छ ।
कुलुङ जातिको बसोबास भएका जिल्लाहरु सोलुखूम्बू, भोजपुर, संखुवासभा, इलाम, धनकुटा, लगायतका जिल्लामा मिनारी दाचाम निङदोङ चाक्चाकुर मनाइन्छ । त्यस्तै भारतको सिक्किम, पश्चिम बंगाल लगायतका राज्यमा पनि चाक्चाकुर मनाउने गरिएको छ । कुलुङ जातिको महान पर्व मिनारी दाचाम् निङदोङ चाक्चाकुरलाई राज्यले पनि बिशेष महतत्का साथ चाडको रुपमा मान्यता दिनु आवश्यक रहेको कुलुङ जातीहरुको भनाई छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु