कुलत र दुव्र्यासनीका बिरुद्ध सडक नाटक

खोटाङ, जेठ १७ – कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि खोटाङको मन्दराचल अग्रज युवा क्लव याम्खा–३ ले सडक नाटक प्रदर्शन थालेको छ । समाजमा बढ्दो कुलत तथा दुव्र्यासनी न्यूनीकरणकालागि मन्दराचल अग्रज युवा क्लवले शनिबार सदरमुकाम दिक्तेलमा ‘लागु पदार्थ तथा दुव्र्यसनी’ बिरुद्ध सडक नाटक प्रदर्शन गरेको हो । जाँड, रक्सी, चुरोट, सुर्ती, गाँजा, चरेस जस्ता मद्यपान तथा धुम्रपानका कारण व्यक्तिगत तथा सामाजिकरुपमा हुने हानी नोक्सानीबाट सबैको बचाउकालागि सडक नाटक प्रदर्शन गरिएको मन्दराचल अग्रज युवा क्लवका सदस्य अर्जुन पराजुलीले जानकारी दिनुभयो । कुलत लागीसकेका युवालाई कुलतबाट छुटाउन र कुलतमा नलागेका युवालाई कुलतबाट टाढा रहनकालागि जनचेतना फैलाउन सडक नाटक प्रदर्शन गरिएको क्लवले जनाएको छ ।
जिबिसको आर्थिक सहयोगमा याम्खास्थित महेन्द्रोद्धय माविबाट सडक नाटक देखाउन थालेको क्लवले केही समयपछि डाँडागाउँ ओख्रेमा पनि कुलत तथा दुव्र्यसनीका बिरुद्धमा सडक नाटक प्रदर्शन गर्ने जानकारी दिएको छ । सडक नाटकमा क्ल्वका पाकादेखि बालकसम्मका १८ जना कलाकारहरुले अभिनय गरेका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!