कुमार प्रयासको ‘जरुवाको पानी’ डिजिटल बजारमा

सोलुखुम्बु । सोलुखुम्बुका कुमार प्रयासद्धारा स्वरवद्ध आधुनिक–पप गीत ‘जरुवाको पानी’ डिजिटल बजारमा सार्वजनिक गरिएको छ ।

सोलुखुम्बु गायन स्टार सिजन-२ का सेकेण्ड रनरअप बनेका प्रयासले बसन्त सापकोटाको शब्द संगीतमा तयार भएको गीतमा स्वर दिएका छन् ।

गाउँले ईन्टरटेन्टमेन प्रा.लि. मार्फत सार्वजनिक गरिएको भिडियोमा सुमन तामाङ र जुनि तामाङको अभिनय रहेको छ । भिडियोको निर्देशन छिरिङ लामाले गरेका छन् ।

लोखिममा जन्मेका कुमार प्रयासले यसअघि सुबास संगम राईको गीत ‘रिनै रिनको’ मा स्वर दिएका थिए । जुन गीतले बर्ष गीतकार–२०७४ को पुरस्कार हात पारेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु