किशोरी स्वास्थ्य पढाउदै डा. राजेन्द्र

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ९

सोलु हेल्थ केयर सेन्टरका डा. राजेन्द्र बस्नेतले विद्यालयमै पुगेर विद्यार्थी पढाउन थालेका छन् ।

सोलुदुधकुण्ड यूथ क्लबले शुरु गरेको विद्यार्थी सचेतना कक्षामा डा. बस्नेतले प्राथमिक उपचार विधिको साथमा किशोरी स्वास्थ्यको बारेमा पढाउदै आएका छन् ।

एकहप्ता अघि सल्लेरी स्थित जनजागृती माध्यमिक विद्यालयका विद्यार्थीलाई सर्पको टोकाई, प्राथमिक उपचार विधिको बारेमा पढाएका डा. राजेन्द्रले विहिबार सोलुदुधकुण्ड नगरपालिका ११ तिङला स्थित सिंहकाली माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई पढाएका छन् ।

स्वास्थ्य सम्बन्धि आधारभूत ज्ञान बाड्दै डा. राजेन्द्र बस्नेत

कक्षामा माध्यमिक तहका दुई सय भन्दा बढि विद्यार्थी सहभागी थिए ।सोलु हेल्थ केयर सेन्टरको सहयोगमा क्लबले विद्यार्थीहरुलाई सर्पको टोकाई, किशोरी स्वास्थ्य र बेहोस हुदा गरिने प्राथमिक उपचारका बारेमा सचेतना कक्षा संचालन गरिएको हो ।

विद्यार्थीहरुले अतिरिक्त कक्षा उपलब्धिमूलक भएको प्रतिक्रिया दिएका छन् । क्रमिक रुपमा अन्य विद्यालयमा पनि सचेतना कक्षा लिएर पुग्ने सोलुदुधकुण्ड यूथ क्लबका अध्यक्ष तेजराम परियारले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु