काठमाडौं प्रहरी प्रमुख खरेललाई हेडक्वाटर तानियो

हिमाल एफ एम, जेष्ठ १७- प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई हेडक्वाटरमा तानेको छ । काजमा सुरुवा गर्न निर्वाचन आयोगले सहमति दिन अस्वीकार गरेको भोलिपल्ट छानविनका लागि भन्दै खरेललाई हेडक्वाटर तानिएको हो । ‘बयानका लागि एसएसपी खरेललाई आजबाट हेडक्वाटर बोलाइएको छ’ प्रहरी स्रोतले भनेको छ । बयान कति दिन हुने, बयानपछि फेरि काठमाडौं प्रहरी प्रमुखमा र्फकन नर्फकने केही खुलाइएको छैन । खरेलले एआईजीमा बढुवा हुन डीआईजीहरु पैसाको बि्रफकेस बोकेर नेता र मन्त्री कहाँ धाइरहेको बताएपछि प्रहरी प्रधान कार्यालयले छानविन समिति बनाएको छ । डीआईजी विज्ञानराज शर्मा नेतृत्वको तीन सदस्यीय समितिले खरेलमाथि छानविन गरिरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु