काग्रेस त्यागेका खड्का सोताङमा स्वतन्त्र उमेदवार बन्दै

बिक्रम श्रेष्ठ
सोलुखुम्बु, १६ बैशाख

सोलुखुम्बुको सोताङ गाउँपालिकाको अध्यक्षका नेपाली काग्रेसका स्थानिय नेता दिपक खड्काले स्वतन्त्र उमेदवारी घोषणा गरि चुनाबी तयारीमा लागेका छन् । स्थानिय तहको निर्बाचनबाट गाउँपालिका प्रमुखका लागि पार्टीबाट सर्बसहमत उमेदवार हुन नपाउने संकेत पाए पछि खड्का पार्टी परित्याग गरि स्वतन्त्र उमेदवार बनेका हुन् । ३ दिन अघि पार्टी परित्याग गरेको घोषणा गरेका खड्का अहिले स्वतन्त्र उमेदवारका लागि प्रचार अभियानमा लागेका छन् ।

नेपाली काग्रेस सोताङको पुर्ब इकाइ सभापति समेत भइसकेका खड्काले जिल्ला स्तरिय नेताहरुको असन्तुष्टी भन्दा पनि स्थानिय नेताहरुकै प्रबृत्तिका कारण आफुले पार्टी परित्याग गरि स्वतन्त्र उमेदवार भएको बताएका छन् । हिमाल एफ एमसंग कुरा गर्दै खड्काले पार्टी प्रतिको लगानीको दृष्टीकोणले आफुलाइ सर्बसहमत उमेदवार बनाउनु पर्नेमा उल्टै अन्य नेताहरु खिचातानीमा लागेकाले यस्तो निर्णय गर्नु परेको बताए ।

काग्रेसले सोताङ गाउँपालिकामा उमेदवार चयन गर्न सकेको छैन । त्यहाँ पनि गुटगत राजनितिकको प्रभाब परेको छ । काग्रेसको दुबै पक्षको गरि झण्डै ७ जना नेताहरु गाउँप्रमुखको दाबेदार देखिएका छन् । बिशेष गरि खिलाराज बस्नेत, गणेश बस्नेत बिजय नाछिरिङ र ईन्द्र कुमार राइ लगायत गाउँपालिका प्रमखको उमेदवारको दाबेदारीमा छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु