कांग्रेस सोलुखुम्बु–काठमाडौँ सम्पर्क समितिद्धारा कार्यकर्ता प्रशिक्षण

काठमाडौँ, असार १६

नेपाली कांग्रेस सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिले राजधानीमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान अन्तरगत पाँच सय भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सोलुखुम्बुको काँग्रेसको विवादको विषयमा आफू पूर्ण जानकार रहेको बताए । विवादको निकास छिट्टै निकाल्ने आश्वासन दिए । सगरमाथाले विश्वमा चिनिएको सोलुखुम्बुमा कांग्रेसलाई पनि बलियो बनाउन सबै मिलेर अघि बढ्न आग्रह गरे ।

प्रशिक्षणमा कांग्रेस पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई मजबुत बनाउन सबैले आफूलाई बदल्न आवश्यक रहेको बताए । सांसद जिपछिरिङ लामाले कांग्रेस मिलेर जानुको विकल्प नभएको धारणा व्यक्त गरे ।

कांग्रेस सोलुखुम्बुका पूर्व सभापति आङगेलु शेर्पाले विधि र प्रक्रियाको वकालत गर्ने पार्टीमा विधि र प्रक्रिया भन्दा बाहिर गएर बनेको जिल्ला कार्यसमितिलाई कुनै हालतमा नस्विकार्ने दाबी गरे । नयाँ बाटोबाट हुने सहमतिका लागि आफू सबै कुरा त्याग गर्न तयार रहेको धारणा राखे ।

सोलुखुम्बु–काठमाण्डौँ सम्पर्क समितिका अध्यक्ष मनोज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गर्ने विजय घिमिरे र कुमारी ज्ञानमाला रानापाललाई सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्व जिल्ला सभापति प्रभुराम बस्नेत, महावाणिज्य दूतका काउन्सिलर आङछिरिङ शेर्पा, सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पा, नेताहरु रामबहादुर बस्नेत, कृष्ण निरौला, गणेश बस्नेत, धर्म नेपालीलगायतको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु