कांग्रेस सोलुको १३ औँ जिल्ला अधिबेशन नभएको छानवीन समितिको ठहर

हिमाल एफ एम,
सोलुखुम्बु, भदौ ४,

नेपाली कांग्रेस सोलुखुम्बुको बैधानिकताका सम्बन्धमा गठित छानविन समितिले आईतबार केन्द्रिय कार्यालयमा प्रतिवेदन बुझाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधानको अधिकार प्रयोग गरि केन्द्रिय सदस्य केशवकुमार बुढाथोकिको नेतृत्वमा गठित ३ सदस्यीय समितिले आफ्नो लिखित प्रतिवेदन बुझाएको हो ।

जिल्ला अधिबेशननै नभई निर्वाचन प्रतिनिधिले हेलिकप्टरमा लेखेर जिल्ला सभापति लगायतका पदाधिकारी तोकेको भन्दै एउटा पक्षले केन्द्रिय समितिमा उजुरी दिए पछि छानवीन समिति नै गठन भएको थियो । सभापतिलाई बुढाथोकी नेतृत्वको समितिले १३ औँ जिल्ला अधिबेशन नभएको कुरा उल्लेख गरेको छ ।

केन्द्रिय सदस्य बलबहादुर केसी पक्षले अधिबेशन नै नगरि बन्द कोठामा लेखेर विनोद बस्नेतलाई सभापति बनाएर जिल्ला समिति चयन गरेको भन्दै अर्का नेता आङगेलु शेर्पा पक्षले केन्द्रिय समितिमा उजुरी दिएको छ । छानबीन समितिले जिल्ला अधिबेशन भएको नदेखिएको र जिल्ला समिति रिक्त रहेको, १२ औँ अधिबेशन बाट निर्वाचित समितिको समयअवधि पनि समाप्त भएको उल्लेख गरिएको छ । यो सँगै केन्द्रिय समितिले सोलुखुम्बुमा तदर्थ समिति गठनको कसरत शुरु गर्ने कांग्रेस श्रोतले जनाएको छ ।

छानबीन समितिको प्रतिवेदन सँगै विनोद बस्नेत नेतृत्व र कृष्णप्रसाद निरौला नेतृत्वको दुवै समिति निक्रिय हुने काँग्रेसका एक केन्द्रिय सदस्यले बताउनुभयो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु