कांग्रेस र माओबादीको चुनावी गीत बजारमा, एमालेको आउन बाँकी (भिडियो सहित)

सोलुखुम्बु । देश स्थानीय तहको निर्वाचनमा होमिएको छ । मधेशी दलहरु बाहेकका ठूला–साना दलहरु निर्वाचनमा नागरिक मत आफ्नो पोल्टामा पार्ने रणनिति सहित भेटघाटका लागी गाउँगाउँ पुग्दैछन् ।

अघिल्ला निर्वाचनमा जस्तै ठूला दलहरुले नागरिक मत माग्ने आकर्षक पाटो लोकदोहोरी गीतको साथ लिएका छन् । निर्वाचनका बेलामा कतिपय लोक–कलाकर्मी नेताकै अघिपछि मत माग्दै हिड्ने गर्छन् भने कतिपय अप्रत्यक्ष रुपमा । केहिले गीत बनाएर आस्था राखेको पाटीलाई अग्रभागमा ल्याउनका लागि सहयोग गर्ने काममा लोक कलाकार पनि व्यस्त बनिसकेका छन् ।

फलस्वरुप, कांग्रेस र माओबादी चुनावी गीत सार्वजनिक भएको छ । माओबादी केन्द्रका आगामी चुनाव लक्षित दुई गीत सार्वजनिक भएका छन् । जुन लोकलयमा तयार पारिएको छ ।

संघीयताको बाटो देखाउने माओबादी
माओबादी केन्द्रलाई विजय गराऔँ

त्यस्तै, ‘म पनि माओबादी’ बोलको गीत पनि माओबादी केन्द्र पाटी आस्था राख्ने कलाकारहरुले गीत निमार्ण गरेका हुन् । यो गीतलाई चर्चित गायिका टिका पुन लगायतका कलाकारले गाएका छन् ।

चुनावी माहौल तताउनकै लागि नेपाली कांग्रेसले पनि चुनावी गीत सार्वजनिक गरेको हो । सुनिल थापाले तयार पारेको गीतलाई चर्चित गायिका राधिका हमाल लगायतका कलाकारले स्वर दिएका छन् ।

तर नेकपा एमालेले भने आगामी चुनाव लक्षित गीत सार्वजनिक गरिसकेको छैन् । अघिल्ला निर्वाचनमा गीत मार्फत पनि मत मागेको एमालेले पनि चुावी गीत सार्वजनिक नगर्ला भन्न सकिन्न । किनकी भाषणले भन्दा लोकलयमा तयार भएका गीतले नागरिकलाई आकर्षण गर्न सजिलो हुने अनुभव राजनितिक दलका नेताहरु बताउछन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु