कांग्रेस नेता निरौलालाई अस्ट्रेलिया जनसम्पर्क समितिको सहयोग

शिखर गजरकोटे
सोलुखुम्बु, ९ बैशाख

सोलुखुम्बुका पुराना कांग्रेस नेता सिताराम निरौलाको उपचारका लागि अस्ट्रेलिया जनसम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

सोलुखुम्बुका पूर्व तरुण दलका अध्यक्ष देबेन्द्र बस्नेतको पहलमा अस्ट्रेलिया जनसम्पर्क समितिबाट एक लाख ९ हजार सोलुखुम्बुका पुरानो नेता सिताराम निरौला र एउटा हात गुमाएकी लिखुपिके गाउँपालिका चौलाखर्ककी कल्पना बस्नेतलाइ ३० हजार सहयोग प्रदान गरिएको हो । सहयोग रकम राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका नेता डा. प्रकाश शरण महतको हातवाट प्रदान गरिएको हो ।

त्यस्तै, सांसद जिपछिरिङ लामाले पनि सिताराम निरौलालाई ३० हजार र कल्पना बस्नेतलाई २० हजार नगद सहयोग प्रदान गर्नुभएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु