कांग्रेस नगर र वडा समितिको काम : सोलुदुधकुण्डका २२० परिवारलाई खाद्यान्न

सोलुखुम्बु, जेठ ७


नेपाली कांग्रेस नगर समिति र वडा समितिले सोलुदुधकुण्ड नगरपालिका ३ तामाखानीका २२० परिवारलाई खाद्यान्न वितरण गरेको छ ।


कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लागु गरेको झण्डै दुई महिने लकडाउनको अवधिमा प्रभावित तामाखानीका सर्वसाधारणलाई कांग्रेस नगर र वडा समितिले एक–एक बोरा (३० केजी) चामल वितरण गरेको हो । बुधबार तामाखानीका लकडाउन प्रभावितलाई नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले खाद्यान्न वितरण गरेका हुन् ।

नगर प्रवक्ता शारदामाया तामाङ, तामाखानीका वडाअध्यक्ष गोपाल मगर, नगर कार्यपालिका सदस्य गान्धीमाया तामाङ र टिकामाया मगर, वडा नं १ टाक्सिन्दुका वडासदस्य उत्रमान राई, कांग्रेस महाधिबेशन प्रतिनिधि पासाङ शेर्पा, वडा नं ३ का छिरिङ शेर्पा र फुर्वा शेर्पा, तामाखानीका वडासदस्यहरु धर्म तामाङ, ल्हाक्पागेलु शेर्पा लगायतको समन्वय र सहयोगमा खाद्यान्न वितरण गरिएको हो ।


खाद्यान्न पाएपछि सर्वसाधारणले खुसी व्यक्त गरेको तामाखानीबाट छिरिङ शेर्पाले जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!