कांग्रेस कोभिड १९ अनुगमन फोकल पर्सनमा सोलुखुम्बुबाट उत्रमान मनोनित

सोलुखुम्बु, भदौ २८


नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समितिको सोलुखुम्बु फोकल पर्सनमा कांग्रेस नेता तथा समाजसेवी उत्रमान राई मनोनित भएका छन् ।


सरकारले कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरेको लगानी र कामको अनुगमन तथा रिर्पोटिङका लागि केन्द्रमा सह–महामन्त्री प्रकाश शरण महतको संयोजकत्वमा गठित कोभिड १९ अनुगमन समितिमा सोलुखुम्बुबाट कांग्रेस नेता राई मनोनित भएका हुन् ।


सोलुखुम्बुका लागि कोभिड १९ अनुगमन समितिका फोकल पर्सन राईले विशिष्ट प्रकारको जिम्मेवारी पार्टीले दिएकोमा धन्यवाद दिए । उनले भने, ‘प्राप्त जिम्मेवारी इमानदारीपूर्वक सम्पन्न गर्नेछु ।’ जिल्लामा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि गरिएका लगानी र कामको प्रभावकारीताका साथै जिल्लाको वस्तुस्थितीको बारेमा अनुगमन तथा रिर्पोटिङ गर्ने जिम्मेवारी तोकिएको छ ।


जिम्मेवारीसंगै भर्चुअल माध्यमबाट अभिमूखिकरण समेत लिइसकेको कांग्रेस नेता राईको भनाई छ । उनी सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका जनप्रतिनिधि समेत हुन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!