कांग्रेस केन्द्रीय समितिको बैठक सुरु

काठमाडौं, साउन ७ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि शुरु भएको छ । पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राखिरहेका छन् ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, प्रदेश नम्बर २ को निर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

बैठकको प्रारम्भमा बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको समग्र अवस्था, पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले अपेक्षित परिणाम ल्याउन नसक्नुको कारण तथा आगामी दिनमा पार्टीलाई अघि बढाउने रणनीतिका विषयमा धारणा राखेका थिए ।

पौडेलले अन्तर्घातका कारण पार्टीले निर्वाचन हार्नु परेको भन्दै आगामी दिनमा यसलाई सच्याउनुपर्ने धारणा राखेका थिए ।

बैठकमा प्रदेशसभा, केन्द्रीयसभाको निर्वाचन तथा सरकारलाई पूर्णता दिनेलगायतका विषयमा छलफल भइरहेको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु