कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं, पुस ३ – नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बुधबारदेखि सुरु हुँदैछ ।
विहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्थाको समिक्षा, समानुपातिक सभासद्को सूची तयार गर्ने र सरकार बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
समानुपातिकको सूची तयार गर्न नसकेपछि सभापति सुशील कोइरालाले बुधबार केन्द्रीय कार्य समितिको बैठक बोलाउनुभएको हो । शीर्ष नेताले अरुदलसंग विभिन्न विषयमा सहमति गर्न थालेपछि काँग्रेसमा युवा नेताहरुले केन्द्रीय कार्य समितिबाट निर्णय वा अनुमोदन गराउन दबाब दिएका थिए ।
बुधबारको बैठकमा दलहरुबीच भएका छलफल, सरकार गठन र समानुपातिक सभासद् चयन गर्ने विषयमा छलफल हुने कोइरालाको नीजि सचिवालयले जनाएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!