कांग्रेस उदयपुरले स्थानीय तहको उम्मेद्धारको टुंगो लगायो

हिमाल एफ एम, उदयपुर,
जेठ १७,

नेपाली कांग्रेसले उदयपुरमा उम्मेद्वारको टुंगो लगाएको छ । नेपाली कांग्रेस उदयपुरका प्रचार विभाग प्रमुख मदनराज कटुवालका अनुसार उदयपुरका आठवटै स्थानीय तहमा उम्मेद्वारको टुंगो लगाएको हो ।

कांग्रेसले त्रियुगा नगरपालिकाको मेयरमा बसन्त कुमार बस्नेत र उपमेयरमा देवी कुमारी चौधरी उम्मेद्वार बन्ने हुनुभएको छ । त्यसैगरी चौदण्डीगढी नगरपालिकाको मेयरमा निर्मल राई र उपमेयरमा सम्झना राई, बेलका नगरपालिकाको मेयरमा अशोक कार्की र उपमेयरमा दिपा राई, कटारी नगरपालिकाको मेयरमा ज्ञानेन्द्रमान सिंह राउत र उपमेयरमा सरस्वती ढुंगाना उम्मेद्वार बन्ने हुनुभएको हो ।

सुनकोशी गाँउपालिका अध्यक्षमा पुप्पलाल राई, उपाध्यक्षमा रमिला राई, ताप्ली गाँउपालिका अध्यक्षमा डिकबहादुर ठकुरी, उपाध्यक्ष धनमाया मगरको नाम टुंगो लागेको छ । रौतामाई गाँउपालिका अध्यक्षमा भुपेन्द्रबहादुर थापा र उपाध्यक्षमा धनमाया थापा मगर, उदयपुरगढी गाँउपालिमा अध्यक्षमा जीतबहादुर खड्का र उपाध्यक्षमा बिमा राईको नामा टुंगो लागेको उदयपुर कांग्रेसले जनाएको छ ।

त्यस्तै आठवटै स्थानीय तहको ७५ वटै वडाको वडा अध्यक्षको नाम समेत टुंगो लगाएको कांग्रेसले जनाएको छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु