कांग्रेससँगको सहमति दराजमा थन्काउनका लागि होइन : ओली

काठमाडौं, श्रावण १३ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदबाट राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने गरी कांग्रेससँग भएको ७ बुँदे सहमति अक्षरश पालना हुनुपर्ने बताएका छन् । एक साता सिंगापुरमा स्वास्थ्य उपचार गराएर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग उनले कांग्रेससँग भएको सात बुँदे सहमतिको पूर्ण पालना हुनुपर्ने बताए ।
अध्यक्ष ओलीले कांग्रेससँगको सहमति दराजमा थन्काउनका लागि मात्र नभएको टिप्पणी गरे । अध्यक्ष ओलीले सहमतिअनुसार कांग्रेस संसदबाट राष्ट्रपतिको अनुमोदनका लागि तयार हुनुपर्ने समेत बताए । २६ सभासद्को मनोनयनको काम पनि चाँडै टुंगोमा पुग्ने ओलीको भनाइ थियो । संक्रमणका कारण दाहिने हात सुन्निएपछि ओली उपचारका लागि यही श्रावण ६ गते सिंगापुर गएका थिए । ओलीले उपचारका क्रममा चिकित्सकले थप उपचार गर्नुनपर्ने भन्दै पूरानै औषधि सेवन गर्न सुझाव दिएको जानकारी दिए ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!