कांग्रेसको राज्य प्रशासन विभाग सदस्यमा सोलुका नेता थुलुङ मनोनित

सोलुखुम्बु, साउन २६


नेपाली कांग्रेस सोलुखुम्बुका नेता रोशनबाबु थुलुङ राई नेपाली कांग्रेसको राज्य प्रशासन विभाग सदस्यमा मनोनित भएका छन् । पार्टी सभापति शेर बहादुर देउवाले विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम गरेको मनोनयनमा सोलुखुम्बुबाट कांग्रेस नेता थुलुङ पनि मनोनित भएका हुन् ।


त्यस्तै, नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता तथा प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा कांग्रेसको वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, कांग्रेस नेता तथा उद्योगी प्रकाश सिंह कार्की उद्योग व्यापार विभाग, कांग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेत स्थानीय तह समन्वय विभाग र आदिबासी जनजाती विभागमा कांग्रेस नेता सुर्य बहादुर कुलुङ पनि मनोनित भएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!