कांग्रेसको नीति तथा कार्यक्रम पारित

congress1 काठमाडौं, फागुन १६ – नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले १३ औं महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको बैठकले महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रम पारित गरेको हो । बैठकमा विधान संशोधन प्रस्तावमाथि पनि छलफल भएको छ ।

बैठकले संघीय ढाँचा अनुसार प्रत्येक प्रदेशबाट दुईजना केन्द्रीय सदस्य निर्वाचित गर्ने व्यवस्था पारित गरेको छ । यसअघि कांग्रेसको प्रत्येक अञ्चलबाट १–१ केन्द्रीय सदस्य निर्वाचित हुने प्रावधान थियो ।

विधान संशोधन प्रस्ताव समितिले पदाधिकारी संख्या बढाउनेगरी केन्द्रीय समितिमा प्रस्ताव लैजाने तयारी गरे पनि त्यसलाई अन्तिम समयमा स्थगित गरेको बुझिएको छ ।

आजको बैठकमा फाुगन २० गतेका लागि तय भएको पार्टीको १३ औं महाधिवेशनको अन्तिम तयारीका विषयमा पनि बैठकमा छलफल भएको नेताहरुले बताएका छन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु