कांग्रेसको दुई भिन्न विभागमा सोलुखुम्बुका शेर्पा र बस्नेत मनोनित

सोलुखुम्बु, साउन २६


नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता तथा प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा कांग्रेसको वन, वातावरण तथा विपद व्यवस्थापन विभागको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोलुखुम्बुका शेर्पालाई विभागको केन्द्रीय सदस्य पदमा मनोनित गरेका हुन् ।


मनोनयनपछि शेर्पाले कांग्रेस नेतृत्वलाई आभार प्रकट गर्दै प्राप्त जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने अठोट व्यक्त गरे । उनले भने, ‘पार्टीको नीति अनुरुप सक्रियताका साथ विभागीय जिम्मेवारी पूरा गर्नु मेरो दायित्व हुनेछ ।’ शेर्पाले लामो समयदेखि राजनिति संगै समुदाय विकास तथा समाजसेवामा सक्रिय रहेका छन् ।

कर्मा शेर्पा (बाँया) र गणेश बस्नेत (दाँया)


त्यस्तै, नेपाली कांग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेत स्थानीय तह समन्वय विभागमा मनोनित भएका छन् । कांग्रेसको विधान २०१७ (संशोधन)को धारा २५ को (९)को प्रावधान अनुसार पार्टी सभापति देउवाले नेता बस्नेतलाई स्थानीय तह समन्वय विभागमा मनोनित गरेका हुन् ।


मनोनयनपछि कांग्रेस नेता गणेश बस्नेतले विभागको सदस्यमा मनोनित गरेकाले जिम्मेवारी बोध गरेको र योगदानको मुल्यांकन गरेकोमा खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको विधान, नियमावली र निर्देशनलाई सदा शिरोपर गर्दै सक्रियताका साथ इमानदारिपुर्वक विभागीय जिम्मेवारी पुरा गर्नु कर्तव्य हुनेछ ।’

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!