कांग्रेसको झण्डा सगरमाथाको चुचुरोमा फरफराईने

हिमाल एफ.एम.
सोलुखुम्बु, फागुन २९

नेपाली कांग्रेसको चारतारे झण्डा सगरमाथाको चुचुरोमा फरफराईने भएको छ । सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका चन्द्रेश्वर खालिङ राईले सगरमाथाको चुचुरोमा पु¥याउने र फरफराईने भएका हुन् ।

पिक सिजनमा सगरमाथा आरोहणको तयारी गरेका राईलाई राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता डा. प्रकाशशरण महतले झण्डा हस्तान्तरण गरेका हुन् । कांग्रेस सह–महामन्त्री महतले ऐतिहासिक पार्टीको झण्डा सगरमाथाको चुचुरोमा फरफराईनुले अझ गरिमा बढ्ने बताए ।

टाक्सिन्दु वडा ईकाई सभापति फडिन्द्र कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस नेताहरु बल बहादुर केसी, आङगेलु शेर्पा, प्रकाशसिं कार्की, सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङबु शेर्पा लगायतको उपस्थिती रहेको थियो ।

Comments

comments

सम्बन्धित शीर्षकहरु