कांग्रेसको आदिबासी जनजाती विभाग सदस्यमा सोलुका नेता कुलुङ मनोनित

सोलुखुम्बु, साउन २६


नेपाली कांग्रेस सोलुखुम्बुका नेता सुर्य बहादुर कुलुङ राई नेपाली कांग्रेसको आदिबासी जनजाती विभाग सदस्यमा मनोनित भएका छन् । सीता गुरुङ प्रमुख रहेको विभागमा सोलुखुम्बुबाट नेता कुलुङ पनि मनोनित भएका हुन् ।


कुलुङलाई पार्टी सभापति शेर बहादुर देउवाले विधान २०१७ (संशोधित) को धारा २५ (९) बमोजिम सदस्यमा मनोनित गरेका हुन् ।


त्यस्तै, नेपाली कांग्रेस सोलुखुम्बुका यूवा नेता तथा प्रदेश सभा ‘ख’सभापति कर्मा शेर्पा कांग्रेसको वन, वातावरण तथा विपद व्यवस्थापन विभाग, कांग्रेस नेता तथा उद्योगी प्रकाश सिंह कार्की उद्योग व्यापार विभाग र कांग्रेस सोलुखुम्बुका नेता गणेश बस्नेत स्थानीय तह समन्वय विभागमा मनोनित भएका छन् ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!