काँग्रेस नेता कार्की गाउँघरमा स्टेचर वितरण गर्दै

शिखर गजरकोटे,
सोलुखुम्बु, कात्तिक १६

नेपाली कांग्रेसका नेता प्रकाशसिं कार्कीले सोलुखुम्बुका दर्जनौ सामाजिक संस्थालाई स्टेचर वितरण गर्नुभएको छ ।

नेता कार्कीले गाउँघरमा विरामी बोक्नका लागि सहयोग पुगोस् भन्ने हेतुले जिल्लाका ८ स्थानीय तहमा गठित दर्जनौ सामाजिक संस्थालाई ६७ वटा स्टेचर वितरण गर्नुभएको हो ।

खुम्बुपासाङ गाउँपालिकामा ५, माप्य दुधकोशी गाउँपालिकामा ५ र सोलुदुधकुण्ड नगरपालिकामा ४ वटा स्टेचर वितरण गरिसकिएको छ । त्यस्तै, नेचासल्यान गाउँपालिकामा १२, थुलुङ दुधकोशी गाउँपालिकामा ८ र लिखिुपिके गाउँपालिका क्षेत्रका सामाजिक संस्थालाई एक वटा स्टेचर वितरण गरिसकिएको छ भने ३२ वटा स्टेचर वितरण गर्ने तयारीमा रहेको विद्यार्थी नेता दिनराज बास्तोलाले जानकारी दिनुभयो ।

बाँकी स्टेचर माहाकुलुङ, सोताङ, थुलुङ दुधकोशी लगायतका गाउँपालिकामा संचालिन संघसंस्थाहरुलाई वितरण गर्ने तयारी गरिएको छ ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!