काँग्रेस एक मात्र बैकल्पिक शक्ति – नेता आङगेलु शेर्पा

सोलुखुम्बु, माघ ७


नेपाली काँग्रेसका युवा नेता आङगेलु शेर्पाले मुलुकको सम्बृद्धिका लागि नेपाली काँग्रेस एक मात्र बैकल्पिक शक्ति भएको बताएका छन् ।


मंगलबार सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ नेले बजारमा भएको अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै नेता शेर्पाले भर्खरै सम्पन्न उपनिर्वाचनले काँग्रेसलाई बैकल्पिक शक्तिको रुपमा चित्रित गरेको दाबी गरे । जनअपेक्षा पूरा गर्न र मुलुकमा शुसासन कायम गर्न कम्युनिष्ट सरकार ईतिहासकै असफल सावित भएको भन्दै नेता शेर्पाले जनमतलाई अपमान गर्न नेकपा तल्लिन रहेको जिकिर गरे ।

फायल फोटो


नेपाली काँग्रेसमा बृहत्तर एकताको आवश्यक्ता औँल्याउदै आफु जस्तो सुकै त्याग गर्न तयार रहेको उनको भनाई छ । एक फरक प्रसंगमा नेता शेर्पाले जिल्ला भरि ग्रामिण विद्युतीकरणको पहुँच पुर्याउने नेपाली काँग्रेसको प्राथमिकता भएको भन्दै यसको पक्षमा उठेका जनआवाजको सदैव सम्मान गर्ने बताए ।


वडा सभापति भरत कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पाटीको पालिका ईकाइ सभापति महेन्द्रदिप राई, युवा नेता विरबहादुर गुरुङ, १ नम्बर वडा अध्यक्ष घनराज सुनुवार, दलित संघ जिल्ला अध्यक्ष कर्ण बहादुर विश्वकर्मा, सोलुदुधुण्ड नगपालिका वडा नम्बर २ का अध्यक्ष मिङ्मारदोर्जी शेर्पा, नगरकार्यपालिका सदस्य विनोद कालीकोटे र नगरसभा सदस्य उत्रमान राई लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रमका सहभागिहरुले नेता शेर्पालाई शसक्त प्रतिपक्षि भूमिका निर्वाहको खाँचो औँल्याएका थिए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु