काँकु जोड्ने सडक आज देखी खन्न सुरु

बिक्रम श्रेष्ठ माघ १६– सोलुखुम्बुको सदरमुकाम सल्लेरी देखी काँकु जोड्ने मोटरबाटो आज देखी खन्न सुरु गरिएको छ । सल्लेरी गाबिस र काँकु गाबिसको सिमाना पर्ने सल्लेरी ५ सेलीगुडी डाँडा देखी काँकुको मुलखर्क हुदै अन्य गाबिसमा पुयाउने सडक आजबाट खन्न सुरु गरिएको हो । सल्लेरी देखी सेलीगुडी सम्मको बाटो यस अघि नै खनिसकेको छ । करिब ६ लाखको बजेटमा निर्माण गर्न लागिएको सो सडकको आज सभाषद बल बहादुर केसीले उद्घाटन गर्नु भएको लाक्पा शेर्पाले जानकारी दिनुभयो । स्थानिय स्तरमा संकलित ३ लाख ५० हजार, गाबिसको १ लाख ५० हजार तथा अन्य श्रोतबाट संकलित रकम गरी ६ लाख को लागतमा बाटो खन्न सुरु गरिएको हो । सो मोटरबाटो काँकुबाट देउसा, पावै हुदै कोशी पारीको गाबिस सोताङ पुर्याईने लक्ष छ ।

Comments

comments

सम्बन्धित शीर्षकहरु