कस्तो बन्दैछ, नेचासल्यान गाउँपालिकाको ‘गीत’

हिमाल एफ.एम.
सोलुखुम्बु, चैत्र ७

नेचासल्यान गाउँपालिकाले गाउँपालिकाको गानको रुपमा प्रयोग गरिने गीतको छनौट गरेको छ ।

गत भाद्रमा गाउँपालिका गान सार्वजनिक रुपमा आब्हान गरेको गाउँपालिकाले पुस २ गते नतिजा प्रकाशन गरेको छ । १४ व्यक्तिको गीतबाट कृष्ण चौलागाईको गीत गाउँपालिका गानको लागि छनौट गरिएको गाउँपालिका अध्यक्ष डुफ कुमार बास्तोालले जानकारी दिए ।

गीत छनौटका लागि गायक तथा संगीतकार जसिहाङ राईको संयोजकत्वमा ५ सदस्सीय छनौट समिति गठन गरिएको थियो । लेखिका डा. रेणुका ‘सोलु’, शान्ति शर्मा, राई बहादुर राई र भूपाल किराँती सदस्य रहेको समितिले छनौट गरि गाउँपालिकालाई सिफारिस गरेको थियो ।

गाउँपालिकाको परिचय, भाषा, भूगोल, धर्म, संस्कृतिलाई प्रतिनिधित्व गर्ने गीतलाई छनौटमा पारेको अध्यक्ष बास्तोलाको भनाई छ । गीतमा जसिहाङ राईको संगीत रहेको छ । गीतको काम अन्तिम चरणमा पुगेको बताईएको छ ।

गीतकार कृष्ण चौलागाईका अनुसार ४७ शब्द र ११७ अक्षरमा गाउँपालिका गान तयार भएको छ । गीतकार चौलागाई ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ पुरानो सल्लेरीमा जन्मिएका हुन् । हाल उनले हिमालदर्शन क्याम्पस नेचामा अर्थशास्त्र विषय अध्यापन गराउदै आएका छन् ।

शिरमाथी गैरी तिलपुङ, सेतै हिउँ फुल्ने
छातिमाथी धानको बाला, सुनझै झु्ल्ने

चार अन्तराको संरचनामा तयार भएको गानमा जसिहाङ राई, प्रवेश राई, ललित राई, मनराज राई, मूना राई, सुस्मा राई, बेनुका राई लगायतका नेचासल्यानका कलाकर्मीको स्वर रेकर्ड गराईएको छ । प्राविधिक काम बाँकी रहेको संगीतकार जसिहाङ राईले बताए ।

Comments

comments

सम्बन्धित शीर्षकहरु