कस्को सम्झनामा भक्कानिए शिव ?

सोलुखुम्बु । गायक शिव कार्कीले लोक गीत ‘उनको सम्झना’ सार्वजनिक गरेका छन् ।

सोलुखुम्बुको मुक्लिमा जन्मेका कार्की २०६९ साल देखि लोक संगीतमा क्रियाशील छन् । यसअघि ‘पागल’, ‘पुर्वेली–पोख्रेली’ ‘उस्ले ग¥यो घात’, ‘क्या फिगर तिम्रो’ लगायतका लोक तथा आधुनिक गीत सार्वजनिक गरेका कार्कीले पछिल्लो समय एकल लोक गीत ‘उनको सम्झना’ लिएर डिजिटल बजारमा प्रस्तुत भएका हुन् ।

शिव कार्कीको स्वर रहेको गीतमा भाका सृजना गायक कार्कीकै छ भने उक्त गीतमा शब्द दिल कुमारी खत्रीले लेखेका छन् ।

भावना म्यूजिक सोलुसन मार्फत बजारमा बजारमा ल्याईएको गीतको भिडियोमा विमल अधिकारी, लिला गिरी लगायतको अभिनय रहेको छ । भिडियो निर्देशन अनिश लामाले गरेका हुन् ।

Comments

comments

सम्बन्धित शीर्षकहरु