“कविता आले मगर – एकल सांगीतिक साँझ” आज

सोलुखुम्बु । ‘अग्रज कलाकारलाई सम्मान र नयाँ कलाकारलाई प्रोत्साहन’ भन्ने मुल नाराका साथ “कविता आले मगर–एकल सांगीतिक साँझ” सम्पन्न हुदैछ । नेपाल राष्ट्रिय नाँचघर, जमलमा दिनको २.०० बजे देखि ५.०० बजे सम्म साँझ हुने नेपाल मगर साँस्कृतिक संघले जनाएको छ ।

17495964_1068177943288376_1087568255_n

नेपाली लोक गीत संगीतको बरिष्ठ एवम चर्चित लोक गायिका तथा अभिनेत्रीे कविता आले मगरको व्यक्तिचित्रण –

मौलिक लोक गीतजगेर्ना गर्ने अभिप्रायले विगतचार दशकदेखि नेपाली मौलिक लोक गायनको क्षेत्रमा विशिष्ट योगदान गर्दै आउनु भएकी प्रतिभाशाली लोक गायीकाको नामहो– कविता आले मगर । गीत संगीतमा मात्र नभएर उहाँ दई दुशकदेखि नाट्य, टेलिसिरीयल, सर्ट फिल्म र ठूलो पर्दाका धेरै फिल्महरुमा पनि अभिनय गरि सक्नुभएको छ । वि.सं. २०१२ साल भाद्र महिना २७ गते इलाम जिल्ला, फुयतप्पा गा.वि.स.मा स्वर्गीय पिताश्री दर्योधन मगर र माता स्व.श्रीमती मनमाया मगरको कोखबाट जन्मिनु भएकी आले मगर सानै उमेर देखि लोक गायनमा गहिरो अभिरुची राख्नु हुन्थ्यो । यही अभिरुचिको प्रस्फुटन स्वरुप गाउँमा वन जंगलमा घाँस दाउरा गर्दा होस् वा मेलापात गर्दा होस् त्यतिखेर लोक भाकाहरु गाएर बनजंगल, पाखा पखेरा गुञ्जयमान गराउनु हुने आले मगरको २०२७ साल फाल्गुन १३ वर्षको कलिलो उमेरमै तेह्रथुम जिल्ला ईवा गा.वि.स. वडा नं. ७, आठराई कालीपा निवासी श्री जेवि आले(जंगबहादुर आले मगर) संग विवाह भयो । कर्ण प्रिय स्वरका धनी आले मगर यहाँ सम्म लोकप्रीय भएर आउनुमा जीवन साथी जेवी आले मगरको ठूलो हात रहेको र उहाँकै प्रेरणाबाट आज चर्चित कलाकार कविता आले भनेर चिन्न पुगेको हो । यदि उहाँको देन नभएको भए आज कविता आलेको पहिचान कुन चरिको नाम हो भने झै हुन पुग्थ्यो भनी वताउनुहुन्छ । उहाँले जति पनि गाउँनु भएको चर्चित गीत संगीतहरु छन् सबै जीवन साथी जेवी आले कै रहेको बताउनुहुन्छ ।
तर यति राम्रो सहयात्राका जीवन साथी २०५६ साल कार्तिक ३ गते विजया दशमीको दिन झापा जिल्लाको दुर्गापुरमा निजी कार सवार गर्दा विपरीत दिसाबाट आएको खाली बसको ठक्करले दुर्घटनामा परी अल्पायुमै मृत्यु हुन पुग्यो । त्यस पछि कविता आले मगरको कहाली लाग्दो जीवन सदा अन्धाकारमयमै बिताउनु प¥यो । यो कालो दिन पार गर्दै आजको शुभ दिन सम्ममा हरेक संघ संस्थामा आबद्धता भई सामाजिक क्षेत्रमा थुप्रै योगदान दिदै आईरहनु भएको छ ।

17467476_1068178429954994_1724923786_n

उहाँ संस्थापक सदस्य पनि रहनु भएका अग्रज कलाकार जब उहाँ २०६३ सालमा रोष गुमष्ठाको अध्यक्ष हुनुभयो तब उहाँकै पालामा– ‘नेपालमा मगरहरु जनसंख्यामा मात्र धनि नभएर विभिन्न ठाउँमा बसोबास गरे अनुसार आ–आफ्नै भाषा, लिपी, कला र संस्कृतिमा पनि त्यतिकै धनि रहेका हुनाले सबै भाषालाई मध्यनजर राखेर “मगर रोष गुमष्ठा”लाई २०६३ सालमा “नेपाल मगर साँंस्कृतिक संघ केन्द«ीय समिति”नाम परिवर्तन गर्नु भएको हो ।’ उहाँले यस सांस्कृतिक संघलाई दुई कार्यकाल सम्म समय दिएर ठुलो योगदान दिनुभयको छ । त्यस पछि उहाँ नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य पनि हुनुभयो ।

यी आरोह अवरोह पार गर्दै उहाँले विगत लामो समय देखि नै गीत संगीतमा मात्र नभएर सिरियल, टेलिसिरियल, छोटो फिल्म तथा ठूलो पर्दाका थुप्रै फिल्महरुमा अभिनय गरि सक्नु भएको छ । जस्तै –
(क) गाउने गीतहरुमा– (राष्ट्रिय गीत, बाल गीत, भजन गीत, लोक गीत धेरै¬ तथा छोरा संग जुहारी खेल्ने पहिलो आमा)
(ख) न्यूरोडमा पहिलो ‘क्यापिटल फोटो स्टूडीयो’ स्थापना– २०३० सालमा, (अफिसहरुको टेवलमा राख्ने नेमप्लेट बनाएर बेचेर कमाको पैसाले खोलेको)

क) चर्चित गीतहरु –
१) पिपले छाँया
२) सक्रान्ती बजार
३) यो मेरो देश
४) झ्याम्मै चौतारी माया लाउ भने छैन दौतेरी
५) उठी खर काटांै बसी खर काटौं
६) घर त मेरो सागुरी भयो
७) माथिमा माथि त्यो काली लेकमा
८) मेरो माया कहाँ गयो कुन्नी
९) तोरी फुल हामीलाई नभुल
१०) छ भने माया छपक्कै लाईदेऊ
११) चुरोटे दाईले
१२) तम्मरै तिरमा
१३) बुढो घरैमा बुढी मिटीङमा
१४) गाईबस्तु झ¥यो ओराली यो मन रुन्छ धरधरी
१५) डाँडा काडा बन
१७) देउडा गीत– कतिका उकाली लाग्या

ख) उहाँले हरेक विधामा गरिसकेका मुख्य कलाहरु –
१) रेडियो नेपालमा मगर भाषाको पहिलो समाचार बाचिका (२०४८)
२) मगर भाषाको पहिलो फिल्म ‘लङघन’मा एक पात्रको भ्वाईस डविङ –२०५३, युवराज मास्कीको
३) मगर भाषाको फिल्म ‘गिनसरा’मा सञ्जोक लाफा र रोम थापाको आमाको रोल–२०५७
४) टेलिसिरीयल ‘सहयात्री’– २०५८,५९, कुमार थापाको
५) नेपाली फिल्म ‘बन्दकी’ दिलिप रायमाझीको आमाको रोल– २०६०, किशोर रानाको
६) मगर भाषाको फिल्म ‘आशे’– २०६०, सञ्जोक लाफाको
७) वृत्तचित्र हुर्रा नाँचको निर्देशक– २०६४, वर्तमान अध्यक्ष कविराज मगरको निर्माण तथा लेखन ‘पूर्वीय मगरहरुको अत्यन्त लोकप्रीय ।
८)टेलिसिरीयल ‘महजोडी’– भाईरस
९) महसञ्चारको महचौतारी विभिन्न शिर्षक– मान्छे, छोरी, तर्सिङ होम, भूत आदी
१०) सिरीयल ‘गाउकी तारा’
१०) सिरीयल ‘साँगु तरेपछि’– बद्री अधिकारीको
११) ज्यान हाजिर छ – बद्री अधिकारीको
१२) नेपाली फिल्म ‘सायद’
१३) नेपाली फिल्म ‘गुड बाई काठमाण्डु’– नविन सुब्बाको
१४) नेपाली फिल्म ‘गोर्खा पल्टन’– नारायण रायमाझीको
१५) नेपाली फिल्म ‘घामपानी’– दिपेन्द्र लामाको
१६) थिएटरका विभिन्न नाटकहरुमा अभिनय
१७) सिरीयल ‘हाम्रो टिम’– भुषण दाहल
१८) नेपाली फिल्म ‘कबड्डी’ १,२ – राम बाबु गुरुङको

ग) अवार्ड
१)विरेन्द्र ऐश्वर्य सेवा पदक
२) भुपाल मानसिङ युवा पुरस्कार
३) माष्टर मित्रसेन एशोसियसन हङकङ
४) अन्य विभिन्न संघ संस्थाहरुबाट सम्मान तथा अवार्ड

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!