कलाकर्मीमाझ किन खास थिए, रविन्द्र !

  • शिखर गजरकोटे

सोलुखुम्बु । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा उड्ययनमन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको ज्यान गयो । सरल र मिजासिला स्वभावका रविन्द्रको निधनले मूलुकलाई स्तब्ध बनाईरहेका बेला लोककलाकर्मीले पनि खास व्यक्तिको निधनले लोक क्षेत्रलाई क्षति पुगेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा उड्ययन मन्त्री अधिकारीले लोकसंगीतलाई माया देखाउदै उदार दिलले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रिय कार्यालय निर्माणको लागि ४० लाख बजेटको व्यवस्थापन गरिदिएका थिए ।

प्रतिष्ठानका अध्यक्ष बद्रि पंगेनी स्वर्गीय अधिकारीलाई स्मरण गर्दै भन्छन्, ‘लोककला साहित्यप्रेमी अधिकारीलाई शब्दमा सम्झन सक्दिन् ।’ उनले दोहोरी गीतलाई माया गर्ने एक मात्र नेता भएको दाबी समेत गरे । स्वर्गी अधिकारी प्रतिष्ठानका आजिवन सदस्य समेत हुन् । अधिकारी गीतकार पनि थिए ।

लोकप्रिय सर्जक शिव हमालले फेसबुकमा लेख्दै भनेका छन्, ‘सष्ट्राका रोयल्टीका नायकलाई हार्दिक श्रद्धान्जली ।’

अर्का सर्जक बसन्त थापाले फागुन १७ गते रिलिज गर्न लागेका ‘जाम सुस्तै’ बोलको गीत केहि दिन पछि डिजिटल बजारमा पठाउने भएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘शोकमा रमाईलो गरौ कसरी भनौ, भोली प्रकाशन गर्न लागेको गीत केहि दिन ढिला हुने जानकारी गराउँछु ।’

वाईटबडी जहाज खरिद प्रकरणमा भएको अनियमिततामा रविन्द्रको नाम जोडिएपछि उनको स्वच्छ छवि धमिलिएको थियो । उद्यपी, आरोप प्रमाणीत भएको थिएन ।

-->

सम्बन्धित शीर्षकहरु

error: Content is protected !!